महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना गर्छ : झलनाथ खनाल

नेपालभ्युज

महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना गर्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना गर्ने बताएका छन् ।

शनिबार पार्टीको महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘नेपालको समाजवादी कार्यक्रमलाई समेटेर महाधिवेशनले नयाँ वैचारिक भूकम्प सिर्जना गर्छ, जसले नेपालको सम्रग कम्युनिष्ट आन्दोलनलाई रूपान्तरण गर्ने, परिवर्तन गर्ने र समाजवादलाई सुनिश्चितता गर्दछ’ उनले भने ।

अहिलेको संविधानमा समाजवाद भएपनि त्यसको व्याख्या नभएको उनको भनाइ छ । त्यसको व्याख्या आफ्नो पार्टीले गर्ने उनले जानकारी दिए ।

समाजवादका बारेमा व्याख्या गर्न नै महाधिवेशन आयोजना गरेको खनालले बताए ।

साथै, खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व निर्माण हुने बताए । सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउने उनको विश्वास छ ।

नेताहरुको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको खनालको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved