महाधिवेशनबाट समाजवादी क्रान्ति अघि बढाउँछौं : माधव नेपाल

नेपालभ्युज

महाधिवेशनबाट समाजवादी क्रान्ति अघि बढाउँछौं : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीले समाजवादी क्रान्तिलाई अघि बढाउने बताएका छन् ।

शनिबार पार्टीको महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘पार्टीको महाधिवेशन नेपालको राजनीतिमा ऐतिहासिक घटना हुनेछ , यस महाधिवेशनमा कुनै पनि कम्युनिष्ट पार्टीले अघि सार्न नसकेको समाजवादी क्रान्तिलाई अघि बढाउने छौं’, उनले भने ।

यो महाधिवेशन कम्युनिष्ट क्रान्तिका लागि ऐतिहासिक क्षण हुने उनको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनमा कुराकानी छलफल हुने भएकाले भेटघाट हुनु, छलफल हुनु स्वभाविक भएको बताए ।

उनले गुटबन्दी पार्टीमा नहोस् भन्ने कुरामा आफूहरु सचेत रहेको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved