बल्छीमा रमाएको यो बालापन (तस्वीर कथा)

बल्छीमा रमाएको यो बालापन (तस्वीर कथा)

काठमाडौं । एउटा उखान खुबै प्रचलित छ, ‘अल्छीलाई बल्छी’, हुन त यो उखान माछा पार्न बल्छी हाल्ने अल्छीहरूलाई जिस्काउन बनाइएको होला ।

आफ्नो बालापनमा रमाइलोको लागि वा रहरले बल्छी हालेर माछा नमार्ने कमै होलान् ।

घरमै धागोमा सियो बाँधी गड्यौला उनेर लट्ठीमा बनाइने बल्छीलाई कस्ले भुल्न सक्ला र ? तपाईँ हामी सबैले बाल्यकालको कुनै न कुनै बेला यस्ता रमाइलो गरेकै थियौं होला ।

आज हामी यस्तै केही तस्वीर कथा लिएर आएका छौं । गोकर्णेश्वर उत्तरबाहीनी फाँटमा रहेको खेतमा केही बालबालिकाहरू बल्छी हालेर रमाइलो गर्दैछन् ।

उनीहरूले रमाइलोको लागि हालेको बल्छीमा माछा पनि परेको छ । सिंगे, हिले र बुदुना माछा उनीहरूले बल्छीमा पारेका छन् । यही बालापनको रमाइलो हामीले तस्वीरमा कैद गरेका छौं ।

तस्वीरहरू– 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved