लद्दाखमा बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु

नेपालभ्युज

लद्दाखमा बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु

काठमाडौं । लद्दाखको वास्तविक नियन्त्रण रेखा(एलएसी) नजिकै आएको बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको छ । सेना अधिकारीका अनुसार यो घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको हो ।

शुक्रबार यी सैनिकहरू ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्ने क्रममा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटना हुँदा ट्याङ्कीमा पाँच जना सैनिक थिए । जसमा एक जेसीओ र चार सैनिक रहेका थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार लेहका डिफेन्स पीआरओले भनेको छ, ‘२८ जुन २०२४ को रातमा सैन्य प्रशिक्षण गतिविधिको क्रममा पूर्वी लद्दाखको सासेर ब्राङ्सा नजिकै श्योक नदीमा सेनाको ट्याङ्की फसेको थियो ।’

‘अचानक बाढीका कारण ट्याङ्की अड्कियो । उद्धार टोली तुरून्तै घटनास्थलमा पुग्यो तर, पानीको सतह तीव्र गतिमा बढेका कारण उद्धार टोली आफ्नो काममा सफल हुन सकेन र ट्याङ्की चालक दलका सबै सदस्यले ज्यान गुमायौं ।’ पीआरओले भनेको छ ।

रक्षामन्त्री राजनाथ सिंहले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved