टी-२० विश्वकप : फाइनल खेल हुने पिच बलरमैत्री की ब्याट्सम्यान ?

नेपालभ्युज

टी-२० विश्वकप : फाइनल खेल हुने पिच बलरमैत्री की ब्याट्सम्यान ?

काठमाडौं । आईसीसी टी-२० विश्वकपको फाइनल खेल आज हुँदैछ । नेपाली समयअनुसार शनिबार बेलुका ८:१५ बजेदेखि केन्सिङ्टन ओभल, ब्रिजटाउन बार्बाडोसमा सुरु हुने खेलमा दक्षिण अफ्रिका र भारत भिड्दैछन् ।

अफ्रिकाले अफगानिस्तानलाई हराएर फाइनलको टिकट बुक गरेको थियो भने सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई पराजित गरेको थियो ।

टी–२० विश्वकपको इतिहासमा लगातार खेल जित्ने दुई टोलीबीच फाइनल खेल्ने यो पहिलो पटक हुनेछ । यस प्रतियोगितामा दक्षिण अफ्रिकाले अहिलेसम्म लगातार ८ खेल जितेको छ भने भारतले लगातार सात खेल जितेको छ । भारतको एउटा खेल वर्षाका कारण रद्द भएको थियो ।

बार्बाडोसको पिचमा यी दुई टोली आमनेसामने हुँदा रोमाञ्चक खेल हेर्न सकिन्छ ।

बार्बाडोसको केन्सिङ्टन ओभल स्टेडियमको पिचमा बल र ब्याटबीच बराबरी प्रतिस्पर्धा देखिएको छ । यस मैदानमा फास्ट बलरहरूले पनि बाउन्सको साथ बल स्विङ गर्ने मौका पाउँछन् ।

साथै, मध्य ओभरहरूमा स्पिनरहरूले पनि यो पिचबाट मद्दत लिन्छन् । यस पिचमा पहिलो इनिङ्सको औसत स्कोर १५३ रन रहेको छ । त्यसकारण खेलमा टसले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

ओभल स्टेडियममा खेलिएका खेलहरूको बारेमा कुरा गर्दा, यहाँ कुल ३२ टी-२० अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन् । जसमध्ये पहिले ब्याटिङ गर्ने टोली १९ पटक विजयी भएको छ । साथै, ११ पटक लक्ष्य पछ्याउने टोलीले जित हासिल गरेको छ ।

दुई खेल भने नतिजाविहिन रह्यो । यहाँ १७२ रनको सर्वाधिक रन पछ्याइएको छ । यस्तो अवस्थामा दुवै टोली ठूलो स्कोर बनाउने लक्ष्यमा रहनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved