विश्वकपमा पैसाको खोलो : विजेतासहित कुन टोलीले कति पाउँछन् पुरस्कार ?

नेपालभ्युज

विश्वकपमा पैसाको खोलो : विजेतासहित कुन टोलीले कति पाउँछन् पुरस्कार ?

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को फाइनल खेल भारत र दक्षिण अफ्रिकाबीच शनिबार बार्बाडोसमा हुँदैछ ।

तर, प्रतियोगिताको फाइनल खेल नजिकिँदै गर्दा यो प्रतियोगिताको पुरस्कार राशि कति हो भन्ने प्रश्न फ्यानहरूको मनमा उठेको छ ।

विजेता वा उपविजेता टोलीले कति पैसा पाउनेछन् ? सेमिफाइनल पुग्ने टोलीले कति पाउँछन् ?

आईसीसीले यो टी-२० विश्वकपको लागि अहिलेसम्मकै ठूलो पुरस्कार रकम राखेको छ । अहिलेसम्म प्रतियोगिताको एउटै संस्करणमा यति धेरै पुरस्कार राशी राखिएको छैन ।

जानौं, विश्वकपका विजेता, उपविजेता, सेमिफाइनल, सुपर-८ मा एलिमिनेशन खेल्ने टोलीले कति पैसा पाउनेछन् ?

विश्वकपको पुरस्कार राशि कति छ ?
आईसीसीले टी–२० विश्वकप २०२४ को कुल पुरस्कार राशि ११.२५ मिलियन अमेरिकी डलर अर्थात् ९३.५१ करोड भारू राखेको छ ।

यो टी-२० विश्वकप जुनसुकै टोलीले जित्छ, नोटको भारी वर्षा हुनेछ । अहिलेसम्म टी–२० विश्वकप जित्ने टोलीले त्यति रकम पाएको छैन ।

आईसीसीले सन् २०२४ को टी–२० विश्वकप जित्ने टोलीलाई २.४५ मिलियन अमेरिकी डलर (२०.३६ करोड रूपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ ।

जबकी आईपीएल जित्ने टिमले २० करोड मात्रै पाउँछ । साथै, विश्वकपको उपविजेताले १.२८ मिलियन अमेरिकी डलर (१०.६४ करोड रूपैयाँ) प्राप्त गर्नेछ ।

सेमिफाइनल पुग्ने टोली र सुपर-८ मा पुग्ने टोलीमाथि पनि पैसाको वर्षा हुनेछ ।

सेमिफाइनल पुग्ने टोलीले पुरस्कारस्वरूप ७ लाख ८७ हजार ५०० अमेरिकी डलर (६.५४ करोड) पाउनेछन् ।

यसबाहेक सुपर–८ पुग्ने टोलीले ३ लाख ८२ हजार ५ सय अमेरिकी डलर (३ करोड १७ लाख भारू) पाउनेछन् । जबकि ९औं देखि १२औं स्थानमा रहने टोलीले २ लाख ४७ हजार ५०० अमेरिकी डलर (२ करोड ५ लाख भारू) पाउनेछन् ।

यति मात्र होइन १३औं देखि २०औं स्थानमा रहने टोलीले पनि पैसा पाउनेछन् । ती टोलीहरूलाई २ लाख २५ हजार अमेरिकी डलर (१.८७ करोड रूपैयाँ) पुरस्कार दिइनेछ ।

सूचीमा हेरौं-

विजेता – २०.३६ करोड भारू (२.४५ मिलियन डलर)
उपविजेता- १०.६४ करोड भारू (१.२८ मिलियन डलर)
सेमिफाइनल- ६.५४ करोड (७ लाख ८७ हजार ५०० डलर)
सुपर-८ पुग्ने टोलीहरू- रू ३.१७ करोड (३ लाख ८२ हजार ५०० अमेरिकी डलर)
९ औं देखि १२ औं स्थानमा रहने टोलीहरू- रू २.०५ करोड (२ लाख ४७ हजार ५०० अमेरिकी डलर)
१३औं देखि २०औं स्थानसम्मका टोलीहरू – रू १८७ करोड (२२५,००० अमेरिकी डलर)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved