यू–१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि बागमती प्रदेशलाई

नेपालभ्युज

यू–१९ महिला भलिबल च्याम्पियनसिपको उपाधि बागमती प्रदेशलाई

काठमाडौं । यू–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको महिलातर्फ बागमती प्रदेशले उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

बागमतीले लुम्बिनीलाई पहिलो सेटमा २५–२१, दोस्रोमा २५–१६ र तेस्रो सेटमा २५–१८ ले हरायो ।

यससँगै बागमतीले तीन लाख रुपैयाँ पनि प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले भने दुई लाख रुपैयाँमा प्राप्त गर्‍यो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved