कम्युनिष्टहरूबीच पुनः एकता हुनैपर्छ : वामदेव गौतम

नेपालभ्युज

कम्युनिष्टहरूबीच पुनः एकता हुनैपर्छ : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरूबीच पुनः एकता हुनपर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

कम्युनिष्ट पार्टीले एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्ने उनको भनाइ छ ।

गौतमले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्नको निम्ति सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताए ।

साथै, जमिन उत्पादनको साधनको सबैभन्दा मुल यन्त्र भएकाले आफूसँग नलिकन समाजवाद स्थापना नसकिने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved