पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गरौँ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

पुष्पलालमा केन्द्रित भएर कम्युनिष्ट एकता गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै कम्युनिष्टहरुको निम्ति एकताको आधार पुष्पलाल हुनसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पुष्पलालको चर्चा गर्दा गम्भीर हुन आवश्यक रहेको उनको भनाइ छ । अन्त गएर केन्द्रित हुन खोजे कम्युनिष्टहरु सबैलाई एक ठाउँमा ल्याउन कठिन रहेको प्रचण्ड बताउँछन् ।

उनले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोशिस गर्न आग्रह गरे । साथै, उनले पुष्पलालमा केन्द्रित भएर गरिएको एकता दिगो, दर्शन, सिद्धान्त, राजनीतिक उद्देश्य र निष्ठामा आधारित हुने विश्वास व्यक्त गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved