समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टकै काँधमा छ : माधव नेपाल

नेपालभ्युज

समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टकै काँधमा छ : माधव नेपाल
फाइल तस्वीर । नेपालभ्यूज ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तनको जिम्मेवारी कम्युनिष्टहरुकै काँधमा रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपाली विशेषताको समाजावादका कार्यक्रम नेकपा (एकीकृत समाजवादी) ले ल्याउन लागेको उनले बताए ।

कम्युनिष्टहरुले पहल गर्दा नेपाली राजनीतिमा ठूलो ठूलो परिवर्तन भएकाले सबै मिलेर विचार विमर्स गर्न आवश्यक रहेको नेपाल बताउँछन् ।

उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अहिले उत्तारचढाव, उकाली ओराली, एकता, विघटनका कामहरु भइरहेको भएपनि आत्तिनुपर्ने अवस्था नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved