भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : बाबुराम भट्टराई

नेपालभ्युज

भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने उनको भनाइ छ ।

भट्टराईले नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रूपले हामी पछाडि नपरेको बताए । नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने उनी बताउँछन् ।

उनले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताए । साथै, आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरूरी रहेको उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved