फणिन्द्र देवकोटा पुनः मन्त्री बन्ने, आइतबार शपथ

नेपालभ्युज

फणिन्द्र देवकोटा पुनः मन्त्री बन्ने, आइतबार शपथ

काठमाडौं । नेपाल समाजवादी पार्टीका गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा पुनः मन्त्री बन्दै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी फर्कने भएका छन् ।

यसअघि मन्त्री बनेको तीन दिनमै पदमुक्त भएका देवकोटालाई पुरानै मन्त्रालयको जिम्मेवारी प्रदान गर्न लागिएको हो ।

कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि नेकपा माओवादी केन्द्रले उनलाई कारबाही गरे लगत्तै माओवादीबाट प्रदेशको सभामुख बनेका कृष्ण धितालले पदमुक्त गरेको थिए ।

माओवादीको कारबाही विरुद्ध सर्वोच्च अदालत पुगेका देवकोटालाई गत सोमबार सर्वोच्चले उनीमाथि गरिएको कारबाही कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

देवकोटालाई गण्डकीका प्रदेश प्रमुख कार्यालयका डिल्लीराज भट्टले आइतबार बिहान साढे १० बजे नेपाल पर्यटन बोर्डको सभाहलमा शपथ खुवाउने तयारी रहेको मुख्यमन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved