टी-२० विश्वकपको उपाधि भारतलाई, फाइनलमा दक्षिण अफ्रिका पराजित

शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १३ वर्षपछि उपाधि जितेको हो । यसअघि सन २०११ मा भारतले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।

नेपालभ्युज

टी-२० विश्वकपको उपाधि भारतलाई, फाइनलमा दक्षिण अफ्रिका पराजित

काठमाडौं । रोमाञ्चक फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले टी-२० विश्वकप क्रिकेटको उपाधि जितेको छ ।

शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १३ वर्षपछि आइसीसी विश्वकपको उपाधि जितेको हो ।

यसअघि सन २०११ मा भारतले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको थियो ।

हारसँगै पहिलो पटक उपाधि जित्ने दक्षिण अफ्रिकाको सपना पनि चकनाचुर भएको छ । सधैँ उपाधिको दाबेदार मानिने दक्षिण अफ्रिका अन्तिम समयमा चुक्ने गरेको छ ।

एक समय हेनरिक क्लासेनले विष्फोटक ब्याटिङ गरेपछि दक्षिण अफ्रिका जित नजिक थियो । ३० बलमा ३० रन चाहिएको अवस्थाबाट भारतले म्याच खोसेर आफ्नो पक्षमा पारेको हो।

बारबाडोसमा १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पुरै ओभर खेलेर ८ विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो ।

क्लासेनले २७ बलमा ५२ रन बनाए । उनले ५ छक्का र २ चौका प्रहार गरेका थिए । भारतका लागि हार्दिक पान्ड्याले ३ तथा अर्शदीप सिंह र जसप्रित बुमराहले २-२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा १७६ रन बनाएको थियो । उसका विराट कोहलीले ७६ र अक्षर पटेलले ४७ रन बनाए ।

भारतले यो विश्वकपमा कुनै पनि खेल नहारेरै उपाधि जितेको हो । यसअघि २००७ मा भएको टी-२० विश्वकप भारतले जितेको थियो ।

दुई पटक टी २० विश्वकपको उपाधि जित्ने भारत तेस्रो राष्ट्र हो । यसअघि वेस्ट इन्डिज र इङ्गल्याण्डले दुई पटक उपाधि जितेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved