वृद्ध व्यक्तिले गर्नुपर्ने योगासन

नेपालभ्युज

वृद्ध व्यक्तिले गर्नुपर्ने योगासन

एजेन्सी । वृद्ध व्यक्तिले पनि आफूलाई स्वस्थ राख्न तथा हड्डीहरु बलियो बनाइराख्न नियमित रुपमा केही योगासन गर्नुपर्दछ । जसले उनीहरुको शरीर बलियो हुनुका साथै उमेर बढ्दै गएको असर पनि कम हुन्छ ।

ताडासन

ताडासन दैनिक रुपमा गर्दा ढाडको हड्डीका साथै खुट्टा तथा हातका मांसपेशी पनि बलियो हुन्छन् । यो गर्न पनि एकदमै सजिलो हुन्छ । त्यसैले वृद्ध व्यक्तिले यो आसन नियमित रुपमा गर्न सक्छन् ।

बालासन

दैनिक बालासन गर्नाले वृद्ध व्यक्तिको पाचनतन्त्र बलियो हुन्छ र शरीरले आराम महसुस गर्छ । यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक छ ।

प्राणायाम

योगाभ्यास गर्ने आसनमा बसेर प्राणायाम गर्नु पनि वृद्ध व्यक्तिका लागि फाइदाजनक हुन्छ । यसले स्वासप्रस्वास सम्बन्धी कार्य राम्रो बनाउँछ र फोक्सो स्वस्थ रहन्छ ।

शवासन

वृद्ध व्यक्तिले दैनिक रुपमा शवासन गर्न सक्छन् । यसलाई गर्न जति सजिलो हुन्छ त्यत्तिकै फाइदा पनि दिन्छ । यो नियमित गर्दा दिमाग शान्त रहने, शरीरको थकान र तनाव पनि कम हुन्छ ।

भुजंगासन

दैनिक भुजंगासन गर्नाले मेरुदण्ड बलियो हुनुका साथै पाखुरा पनि मजवुत हुन्छन् । यसले कम्मरमा हुने दुखाई पनि कम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved