युरो कप फुटबल : साविक विजेता इटाली बाहिरियो, स्विट्जरल्याण्ड क्वाटरफाइनलमा

नेपालभ्युज

युरो कप फुटबल : साविक विजेता इटाली बाहिरियो, स्विट्जरल्याण्ड क्वाटरफाइनलमा

काठमाडौं । स्विट्जरल्याण्डसँग हारेपछि साबिक विजेता इटाली युरो कप फुटबलको प्रि क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

शनिबार राति इटाली स्विट्जरल्यान्डसँग २–० गोल अन्तरले हारेको हो । जितसँगै स्वीस टोली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

३७ औँ मिनेटमा रेमो फ्रेउलरले गोल गर्दै स्विट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको पहिलो मिनेटमै रुबेन भारगासले गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि गोल हुन सकेन र इटाली प्रतियोगिताबाट बाहिरियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved