विश्वकप जितेसँगै विराट कोहलीले लिए टी-२० अन्तराष्ट्रियबाट सन्यास

नेपालभ्युज

विश्वकप जितेसँगै विराट कोहलीले लिए टी-२० अन्तराष्ट्रियबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टिमका स्टार ब्याट्स्म्यान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

शनिबार भारतले विश्वकप उपाधि जितेलगत्तै वेस्ट इन्डिजमा कोहलीले टी–२० अन्तराष्ट्रियबाट बिदा लिएको घोषणा गरेका हुन् ।

भारतीय टोलीका पूर्व कप्तान विराटले टी–२० अन्तराष्ट्रियमा कुल १२५ खेल खेले । जसमा ४८.६९ को औसतमा ४ हजार १८८ रन बनाए ।

उनले १ शतक र ३८ अर्धशतक प्रहार गरेका थिए । अविजित १२२ रनको स्कोर उनको सर्वाधिक थियो ।

उनले  शनिबार राति भएको दक्षिण अफ्रिकाविरुद्धको विश्वकप फाइनलमा ७६ रन बनाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved