अनुत्तिर्ण सबैलाई ग्रेडवृद्धि परीक्षामा सामेल गराउँदा कक्षा ११ को पढाइ प्रभावित हुने चिन्ता

नेपालभ्युज

अनुत्तिर्ण सबैलाई ग्रेडवृद्धि परीक्षामा सामेल गराउँदा कक्षा ११ को पढाइ प्रभावित हुने चिन्ता

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ‘ननग्रेडेड (एनजी)’ आएका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णयले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीको पढाइ प्रभावित हुने भएको छ ।

एसइईको नतिजामा ‘ननग्रेडेड (एनजी)’ आएका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने शिक्षा मन्त्रालयको निर्णयले कक्षा ११ मा भर्ना हुने नयाँ विद्यार्थीको पढाइ प्रभावित हुने भएको हो ।

ठुलो संख्यामा विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा राख्नुपर्ने भएकाले परीक्षा सञ्चालन गरेर नतिजा प्रकाशन गर्न विगतको भन्दा धेरै समय लाग्ने भएकाले त्यसको प्रत्यक्ष प्रभाव कक्षा ११ को पढाइ सञ्चालनमा पर्ने देखिएको छ ।

विगतमा एसइईको नतिजापछि अधिकांश विद्यालयले साउनको दोस्रो वा तेस्रो साताबाट कक्षा ११ को पढाइ सञ्चालन गर्ने गरेका थिए ।

ग्रेडवृद्धि परीक्षामा थोरै विद्यार्थी मात्रै सहभागी भएर उत्तीर्ण पनि थोरै नै हुने भएका कारण उनीहरूलाई पनि सोही पढाइमा समायोजन गर्ने गरिएको थियो ।

तर यस वर्ष एनजी भएका विद्यार्थीको संख्या धेरै छ ।

पुन परीक्षा दिएर पास भएकालाई पहिलादेखि नै सुरु गरिएको पढाइमा समायोजन गर्ने कि नयाँ कक्षा सञ्चालन गर्ने भन्ने विषयमा समस्या आउन सक्ने सरोकारवालाको चिन्ता छ ।

परीक्षामा अनुत्तीर्ण सबै परीक्षार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी हुन दिने निर्णय गरेपछि दुई लाख ४२ हजार ३१३ जनाले परीक्षामा बस्न पाउने भएका छन् ।

अधिकतम दुई विषयमा एनजी आएकालाई मात्रै ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था कार्यान्वयनमा आएको भए एक लाख १५ हजार ८३४ जनाले सहभागी हुने मौका पाउने थिए ।

मन्त्रालयको निर्णयसँगै राष्ट्रिय परीक्षा बोर्डले शनिबारदेखि नै परीक्षाको तयारी सुरु गरिसकेको अध्यक्ष डा. महाश्रम शर्माले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved