डेनमार्कलाई हराउँदै जर्मनी क्वार्टरफाइनल प्रवेश

नेपालभ्युज

डेनमार्कलाई हराउँदै जर्मनी क्वार्टरफाइनल प्रवेश

काठमाडौं । डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरोकप फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

डेनमार्कलाई २–० गोल अन्तरले हराउँदै जर्मनी अन्तिम ८ मा पुगेको हो । घरेलु टोली जर्मनीको जितमा काई हाभट्ज र जमाल मुसाइलाले एक–एक गोल गरे ।

साविक विजेता इटाली भने प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ ।

स्विट्जरल्यान्डसँग २–० गोल अन्तरले पराजित हुँदै इटाली प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको हो ।

गत संस्करणमा स्विट्जरल्यान्डले तत्कालीन विश्वविजेता फ्रान्सलाई हराएर अन्तिम १६ बाटै घर फर्काएको थियो ।

यस पटक पनि स्विट्जरल्यान्डले साविक विजेता इटालीलाई घर फर्काइदिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved