समुद्रमा मदिरा भेटियो भन्दै रमाएर पिउँदा चार जनाको ज्यान गयो, दुई जना गम्भीर बिरामी

नेपालभ्युज

समुद्रमा मदिरा भेटियो भन्दै रमाएर पिउँदा चार जनाको ज्यान गयो, दुई जना गम्भीर बिरामी

काठमाडौं । समुद्रमा भेटिएको बोतलको तरल पदार्थ पिउँदा श्रीलंकामा चार जनाको मृत्यु भएको छ ।

महँगो मदिरा ठानेर पिउँदा अन्य दुई जना गम्भीर बिरामी परेका छन् । डुंगा लिएर माछा मार्न गएका उनीहरुले समुद्रमा तैरिरहेको अवस्थामा तरल पदार्थले भरिएका बोतल भेटेका थिए ।

श्रीलंकाको दक्षिणी तटमा रहेको सहर टांगालेबाट करिब ३२० माइलको दूरीमा उनीहरुले बोतल भेटेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

श्रीलंकाको मत्स्यपालन विभागका महानिर्देशक सुसान्था कहावाट्टेले नौसेनाले उनीहरूलाई किनारमा ल्याइएको जानकारी दिए ।

उनीहरुले भेटेकामध्ये केही बोतल माछा मार्ने अन्य समूहलाई पनि बाँडेका थिए । मदिरा ठानेर अन्यले पनि सेवन गर्लान् भनेर सरकारले उनीहरुलाई जानकारी सन्देश पठाइसकेको कहावाट्टेले बताए ।

सरकारी अधिकारीहरूले बोतलको सामग्रीको अनुसन्धान सुरु गरेको जनाएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved