आज संसद दिवस, विविध कार्यक्रम गरि मनाइँदै

नेपालभ्युज

आज संसद दिवस, विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । आज संसद दिवस । नेपालमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको सम्झनामा हरेक वर्ष जेठ १६ गते संसद दिवस मनाउन थालिएको हो ।

बि.सं २०१५ सालमा भएको पहिलो आमनिर्वाचनबाट गठित संसद्को पहिलो बैठक २०१६ सालको असार १६ गते बसेको थियो ।

मुलुकमा संसद्को पहिलो बैठक बसेको दिनको स्मरणमा हरेक वर्ष विविध कार्यक्रम गरी संसद् दिवस मनाउने गरिएको छ ।

संसद स्थापनाको स्मरण गर्दै आज संघीय संसद् र परामर्शदातृ संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रमको आयोजना गरेका छन् ।

पहिलो संसद्ले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो ।

उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा रहन पाएका थिए ।

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद पनि भंग भएको थियो ।

पहिलो संसद्को निर्वाचन भएको ६ दशकभन्दा बढी भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved