संसद सत्ताको जोडघटाउ गर्ने थलो होइन : राष्ट्रिय सभाका अध्यक्ष दाहाल

नेपालभ्युज

संसद सत्ताको जोडघटाउ गर्ने थलो होइन : राष्ट्रिय सभाका अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई सत्ताको जोडघटाउ भन्दा माथि राखेर जनताकालागि काम गर्नु पर्ने बताएका छन् ।

संसद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले संसदलाई जनताको आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन् ।

अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसदमा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने उल्लेख गर्दै हाल नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक संघीय शासन प्रणालीको प्रक्रियामा रहेका उल्लेख गरे ।

सन्देशमा दाहालले संसद्को गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमान्दार रहन सबैले संसद् दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउनसके मात्रै संसद् दिवस मनाउनुको सार्थकता हुने दाहालको भनाई छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved