क्यानडा कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा, चिली र पेरु बाहिरिए

नेपालभ्युज

क्यानडा कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा, चिली र पेरु बाहिरिए

काठमाडौं । कोपा अमेरिका कप फुटबलमा क्यानडा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार बिहान भएको खेलमा चिलीसँग बराबरीमा रोकिए पनि क्यानडा समूह ए मा दोश्रो हुँदै क्वाटरफाइनल प्रवेश गरेको हो ।

बराबरीपछि क्यानडा ४ अंकसहित क्वाटर फाइनल पुग्यो । २७ औं मिनेटमा चिली १० खेलाडीमा सिमित भएको थियो । बराबरीपछि चिली पहिलो चरणबाटै बाहिरिएको छ ।

त्यस्तै अर्को खेलमा साविक विजेता अर्जेन्टिनाले पेरूलाई २–० गोल अन्तरले हराएको छ । यो अर्जेन्टिनाको लगातार तेस्रो जित हो । अर्जेन्टिनाको जितमा दुवै गोल लाउटारो मार्टिनेजले गरे ।

अर्जेन्टिनाले पेरूविरुद्धको खेलमा कप्तान लियोनल मेसीलगायत पहिलो रोजाइका धेरै खेलाडीलाई बेञ्चमै राखेको थियो ।

यसअघि नै दोस्रो चरणमा पुगिसकेको अर्जेन्टिना यो जितपछि समूह विजेता बनेको छ । समूह ‘ए’मा उसले ९ अंक भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved