उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसक्दा इरानमा राष्ट्रपतिको चुनाव फेरि हुने

नेपालभ्युज

उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसक्दा इरानमा राष्ट्रपतिको चुनाव फेरि हुने

काठमाडौं । कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत प्राप्त गर्न नसकेपछि इरानमा राष्ट्रपतिको निर्वाचन फेरि हुने भएको छ ।

कुनै पनि उमेद्वारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि फेरि मतदान हुने तय भएको हो । दुई दिन अघि भएको निर्वाचनमा सुधारवादी नेता मसुद पेजेस्कियानले ४२.५ र कन्जरभेटिभ उमेद्वार सइद जलिलीले ३८.६ प्रतिशत मत ल्याएका छन् ।

राष्ट्रपति पदका लागि चार उमेद्वार चुनावी मैदानमा थिए । तेस्रो र चौथो हुने उमेद्वार स्वतः निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । पहिलो र दोस्रो भएका उमेद्वारबीच दोस्रो चरणको निर्वाचनमा पुनः प्रतिस्पर्धा हुनेछ ।

दोस्रो चरणको मतदान आगामी जुलाई ५ मा हुने अलजजिराले जनाएको छ । इरानको इतिहासमा राष्ट्रपतिको चुनाव दोस्रो चरणमा प्रवेश गरेको यो पहिलो पटक हो ।

अघिल्लो महिना भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको निधन भएपछि निर्वाचन भएको हो ।

सन् २०२१ मा भएको राष्ट्रपतीय चुनावको तुलनामा यसपटक १० प्रतिशत मत कम खसेको निर्वाचन आयोगले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved