कुकुरसँग मोटरसाइकल ठोक्किदा एक युवाको मृत्यु, अर्का घाइते

नेपालभ्युज

कुकुरसँग मोटरसाइकल ठोक्किदा एक युवाको मृत्यु, अर्का  घाइते
सांकेतिक तस्वीर।

काठमाडौं । झापाको कमल गाउँपालिकामा कुकुरसँग मोटरसाइकल ठोक्किदा एक युवाको मृत्यु भएको छ ।

अर्का युवा घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकलको पछाडी सवार शिवसताक्षी २ का ४० वर्षीय नवीन आचार्यको मृत्यु भएको हो ।

मोटरसाइकल चालक २६ वर्षीय पदमबहादुर पौडेलको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ ।

केर्खाबाट दमक आउँदै गरेको मोटरसाइकल पूर्वपश्चिम राजमार्ग अन्तर्गत सावित्रा चोकमा बाटो काट्दै गर्दै गरेको कुकुरसँग ठोक्किदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved