चितवनको एक होटलमा चिनियाँ नागरिक मृत भेटिए

नेपालभ्युज

चितवनको एक होटलमा चिनियाँ नागरिक मृत भेटिए
सांकेतिक तस्वीर।

काठमाडौं । चितवनको भरतपुरस्थित होटलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् ।

बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय बियान चाङ्क्सिन आज बिहान मृत फेला परेका हुन् ।

असार १० गतेदेखि सो होटलमा बसेर उनी बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।

उनी आज बिहान ९ बजेतिर  होटलको शौचालयमा घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

क्यान्सर पीडित छाङ्गसिनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved