सातौं स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

नेपालभ्युज

सातौं स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता सम्पन्न

काठमाडौं। दुई दिने सातौ स्केटिङ तथा स्केटबोर्डिङ च्याम्पियनसिप प्रतियोगिता काठमाडौको टोखा नगरपालिकामा सम्पन्न भएको छ ।

शनिबार भएको प्रतियोगितामा महिला खुला च्याम्पियनसिपतर्फ खुसी विके प्रथम, समिक्षा राई दोस्रो, लेमंग मगर तस्रो भएका हुन् । पुरुष जुनियरतर्फको खुला च्याम्पियनसिपमा किरण लामा गुरुङ प्रथम, यमबहादुर कामु दोस्रो, अविशेष परिवार तेस्रो भए। यस्तै सिनियर पुरुष च्याम्पियनसिपतर्फ प्रथम वसन्त राइ, शरद् राई दोस्रो र पेन्थेलिन शेर्पा तेस्रो भए ।

सबै विद्यामा प्रथम हुनेलाई २५ हजार रपियाँ, दोस्रोलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार रुपियाँ पुरस्कार दिइएको नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालले जानकारी गराए।

यसअघि सो प्रतियोगिताको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले स्केटिङ तथा स्केटबोर्डिङ साहसिक र लोभ्याउने सुन्दर खेल भएको बताउदै ७५३ वटै पालिकामा त्यसका लागि खेल मैदान बनाउनु पर्ने बताए।

मन्त्री जोशीले स्थानीय तहहरुमा खेल मैदान बनाउनका लागि आफ्नो मन्त्रालयले समेत स्थानीय सरकारकासंग समन्वय गर्ने बताए।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र राष्ट्रिय खेलकुद परिषदको संयुक्त आयोजनामा भरहेको प्रतियोगिताको उद्घाटन क्रममा बोल्दै सर्जक तथा गायक प्रकाश सपुतले सो खेलबाट देशको नाम राख्न खेलाडीलाई आग्रह गरे । उनले कार्यक्रममा आएर, आर्थिक, नैतिक सहयोग गरेर यो खेलको प्रवद्र्धनमा आफू लाग्ने प्रतिवद्धता समेत गरे।

सोही कार्यक्रममा बोल्दै टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सो खेल आफ्नो पालिकामा आयोजना हुँदा आफ्नो पालिकाको गौरव अझ बढेको बताउदै आफ्नो पालिकाको कुनै पनि खेलाडी आर्थिक अभावका कारण देश भित्र र वा बाहिर हुने कुनै पनि खेल खेल्नबाट बञ्चित हुनु नपर्ने बताए।

सो क्रममा मन्त्री जोशी, कलाकार सपुत र नगरप्रमुख अधिकारी र नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले खेलाडीहरुलाई स्केटबोर्ड हस्तान्तरण गरे।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८० जुनियर तथा सिनियर पुरुष र ७० जना जुनियर तथा सिनियर महिला खेलाडी सहभागी रहेका थिए । ती खेलाडीलाई खुल्ला सिनियर पुरुष , खुल्ला जुनियर पुरुष, खुल्ला महिला स्केटिङ च्याम्पियनसिप गरेर तीनवटा विद्यामा खेलाइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved