सर्वोच्चले फर्काइदियो देवकोटाको मन्त्री पद, लिए शपथ

नेपालभ्युज

सर्वोच्चले फर्काइदियो देवकोटाको मन्त्री पद, लिए शपथ

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ दिलाएका हुन् । उनले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीका रुपमा सपथ लिएका हुन् ।

गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । तर, पार्टीको ह्वीप नमानेको भन्दै माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो ।

कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटालाई माओवादीले कारबाही गर्न नसक्ने भन्दै उनीमाथिको कारबाहीमा रोक लगाएको थियो ।

गण्डकी प्रदेशसभामा नेसपाका देवकोटा एक्ला सांसद हुन् । तर, प्रदेश सरकार जोगाउन उनको निर्णायक भूमिका देखिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved