मनसुनबाट प्रभावित ग्राहकलाई सम्पर्कमा राख्न एनसेलको र्‍यापिड रेस्पोन्स टिमले थाल्यो काम

नेपालभ्युज

मनसुनबाट प्रभावित ग्राहकलाई सम्पर्कमा राख्न एनसेलको र्‍यापिड रेस्पोन्स टिमले थाल्यो काम

काठमाडौं । विपद् पूर्व तयारी र प्रतिकार्यको लागि एनसेलले गठन गरेका आफ्ना र्‍यापिड रेस्पोन्स टोली (आरआरटी)हरुले काम थालेका छन् । हावाहुरी, भारी वर्षा र यसको प्रभावका कारण सेवा प्रवाहमा असर परे पनि छोटो समयमा सेवा पुनः संचालनमा ल्याउने उदेश्यस्वरुप आरआरटीहरुले काम थालेका हुन् ।

मनसुनजन्य प्रकोपहरूका कारण दूरसञ्चार सेवामा हुने सक्ने अवरोधलाई समाधान गर्न एनसेलले प्रत्येक जिल्लामा आरआरटी गठन गरेको छ ।

यी टोलीहरूले तदारुकताका साथ काम गरेका कारणले हावाहुरी र भारी वर्षाको असर परे पनिअसार १२ गते बुधबार कोसी, मधेस र गण्डकी प्रदेशका १५ भन्दा बढी जिल्लाका ११६ मोबाइल टावर संचालनमा असर गरे पनि ४ घण्टा ३० मिनेटभित्रमा ७० प्रतिशत भन्दा बढी टावरहरुलाई पुनः संचालनमा ल्याइएको थियो ।

हावाहुरी र भारी वर्षाका प्रभावका कारण सो दिन सडक अवरुद्ध हुनुका साथै अप्टिकल फाइभर ब्रेक भएको, रुखहरू र नेपाल विद्युत् प्राधिकरणको खम्बा ढलेर विद्युत् आपूर्तिमा असर परेको अवस्था थियो ।

आरआरटीहरुलाई विशेष रूपमा आपतकालिन अवस्थाहरू सम्हाल्दै सकेसम्म चाँडो सेवाहरू पुनः सुचारु गर्न तालिम दिइएको छ । वर्षायाममा बाढी र पहिरोको प्रकोपका कारण प्रभावित हुन सक्ने सेवाहरूको द्रुतगतिमा पुनः संचालन र निरन्तरता सुनिश्चित गर्ने उद्देश्य अनुरूप यी आरआरटीहरु गठन गरिएका हुन् ।

अहिलेको अवस्थामा विशेष गरी भारी वर्षाका कारण सेवा संचालनमा असर पर्न गई केही समयको लागि सेवाहरू अवरुद्ध हुन सक्छन् । यसै कुरालाई ध्यानमा राखी केही गरी अवरुद्ध भएमा यथासक्य चाँडो सेवा पुनः संचालनमा ल्याउन र्‍यापिड रेस्पोन्स टोली जिम्मेवार रहन्छ ।

यसै गरी, एनसेलले विपद् पुर्वतयारी स्वरूप नियमित अवस्थाको तुलनामा फिल्डमा खट्ने आफ्नो जनशक्ति १० प्रतिशतले बढाएको छ । विपद्का कारण सडक अवरोध नभएको अवस्थामा सेवा प्रभावित क्षेत्रमा ४ देखि ६ घण्टाभित्र सेवा सुचारु गर्न एनसेल प्रतिबद्ध रहेको जनाएको छ ।

विपद्को समयमा विद्युत् आपूर्ति अवरुद्ध हुने कुरालाई मध्ये नजर गरेर एनसेलले आफ्ना टावरहरूमा ब्याट्री ब्याकअप र फ्युल स्टकको व्यवस्था गरेको छ । विद्युतको आपूर्तिमा समस्या आएमा ब्याट्रीहरूले ४ देखि ६ घण्टासम्म टावरहरू सञ्चालन गर्न मद्दत गर्दछ ।

एनसेलले विपद्का बेलामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन डिजेल जेनेरेटर र सेल अन ह्वील पनि तयार गरेको छ । त्यसै गरी, धेरै सेवाग्राही भएका ठाउँहरू र बाढीले असर गर्न सक्ने ठाउँहरूलाई लक्षित गरी एनसेलले आवश्यक तयारीहरू गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved