प्रधानमन्त्री मोदीले टेलिफोन गरेर दिए विश्वकप विजेता टोलीलाई बधाई

नेपालभ्युज

प्रधानमन्त्री मोदीले टेलिफोन गरेर दिए विश्वकप विजेता टोलीलाई बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप विजेता टिमका सदस्यलाई टेलिफोन गरेर बधाई दिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री मोदीले कप्तान रोहित शर्मालाई शानदार नेतृत्व गरेको भन्दै बधाई दिए । मोदीले फाइनलमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै विराट कोहलीको पनि प्रसंशा गरे ।

सूर्यकुमार यादवले शानदार क्याच लिएको भन्दै त्यसको पनि मोदीले सरहाना गरे । यादवले बाउंड्रीमा अविश्वसनीय क्याच लिएर डेभिड मिलरलाई आउट गरेका थिए । त्यहीबाट खेल भारतको पक्षमा आएको थियो ।

शानदार बलिङ गरेको भन्दै मोदीले जसप्रीत बुमराह र हार्दिक पान्डयाको पनि नाम लिएका थिए । मोदीले कोच राहुल द्रविडलाई धन्यवाद समेत दिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

द्रविडले विश्वकपसँगै जिम्मेवारी पनि छाडेका छन् । उनी भारतीय टिमको मुख्य प्रशिक्षक थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved