स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक

नेपालभ्युज

स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक

काठमाडौं । चर्चित गायिका स्मिता दाहालको नयाँ गीत ‘ज्यानमाया’ सार्वजनिक भएको छ । नवराज ढुङ्गानाको शब्द, दीपक शर्माको सङ्गीत रहेको गीतको भिडिओमा प्रियङ्का कार्की, कविता नेपाली, सरोज वलीलगायतको अभिनय छ ।

वली सुटिङ स्पटबाटै हिरोइन अपहरण गर्ने भिलेनको भूमिकामा छन् ।

प्रियङ्का–सरोजले यसअघि ‘ए केटा मादलु पड्का’मा सँगै अभिनय गरेका थिए ।

श्यामस्वेत रसाइलीले एरेन्ज गरेको गीतको भिडियो छायाङ्कन र सम्पादन पवन सुस्लिङले गरेका हुन् । भिडिओको निर्देशन गम्भीर विष्टले गरेका छन् ।

गायिका स्मिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत हुन् ।

राजनीतिक विरासत बोकेको परिवारमा जन्मिएकी स्मिता, जसले बनाइन् सङ्गीतमा आफ्नो छुट्टै परिचय


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved