पोस्टरको कारण ट्रोल भइन माधुरी दीक्षित

नेपालभ्युज

पोस्टरको कारण ट्रोल भइन माधुरी दीक्षित

एजेन्सी । बलिउड अभिनेत्री माधुरी दीक्षित अहिले ट्रोलको शिकार भइरहेकी छन् । अमेरिकामा हुने एक कार्यक्रमको पोस्टर पनि भाइरल भइरहेको छ ।

यही पोस्टरका कारण उनलाई ट्रोल गरिएको हो । जसमा देखिएको छ, अमेरिकाको ह्यूस्टनमा हुने कार्यक्रममा बलिउड क्वीनले भाग लिँदैछिन् ।

भाइरल भइरहेको यस पोस्टरमा आयोजक पाकिस्तानी इभेन्ट म्यानेजर रेहान सिद्दीकीको नाम पनि देखिएको छ । पोस्टर र ह्यूस्टनमा हुने यस कार्यक्रमका बारेमा अहिलेसम्म माधुरी दीक्षितको तर्फबाट भने कुनै आधिकारिक बयान आएको छैन । पाकिस्तानी आयोजकलाई सहयोग गरेको भनेर उनलाई ट्रोल गरिएको हो ।

मिडिया रिपोर्ट अनुसार उक्त कार्यक्रमका आयोजक रेहानको आईएसआईसँग सम्बन्ध रहेको समेत ट्रोल गर्नेको दाबी छ । यति मात्र नभएर भारत सरकारले उनलाई कालो सूचीमा समेत राखेको हल्ला चलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved