लालिगुँरास सहकारीका अध्यक्षसहित चार जना पक्राउ

नेपालभ्युज

लालिगुँरास सहकारीका अध्यक्षसहित चार जना पक्राउ

काठमाडौं । ललितपुरको लालिगुँरास सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् । बचतकर्ताको रकम अपचलन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधान रहेका छन् ।

उनीहरू विरुद्ध बचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भई अनुसन्धान सुरु भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved