कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

नेपालभ्युज

कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् ।

उनले सोमबार दिउँसो ३ बजे बुढानीलकण्ठस्थित देउवाको निवासमा बस्ने गरी बैठक बोलाएका हुन् ।

पार्टीको आन्तरिक विषयहरूमाथि छलफल गर्न बैठक बोलाइएको कांग्रेस प्रवक्ता प्रकाशसरण महतले बताए ।

उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा बैठकमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved