सभामुख घिमिरे भन्छन्- संसद् राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण थलो

नेपालभ्युज

सभामुख घिमिरे भन्छन्- संसद् राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण थलो
पूर्वसांसद मञ्च नेपालको आयोजनमा आइतबार भएको ६६ औ संसद दिवस कार्यक्रममा सहभागी सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व सभामुखलगायत । तस्वीर : रत्न श्रेष्ठ\रासस

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् कानुन बनाउने थलो मात्रै नभई राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र भएको बताएका छन् ।

आइतबार संसद् भवनमा ६६ औँ संसद् दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले संसद्लाई विधायन निर्माण गर्ने ठाउँको रूपमा मात्रै बुझ्न नहुने बताए । संसद्को कूटनीतिले मात्रै जनताका भावना एक ठाउँमा ल्याउन सकिने उनको भनाइ छ ।

उनले भने, ‘‘संसद् एउटा विधायन निर्माण गर्ने ठाउँ मात्रै, कानुन बनाउने थलो मात्रै होइन राष्ट्र निर्माण गर्ने महत्त्वपूर्ण केन्द्र हो । राष्ट्र निर्माण गर्नको लागि, यसैबाट सरकार निर्देशित हुन्छ र सरकार यसको आधारमा चल्नुपर्छ ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved