फिल्म ‘१२ गाउँ’को फर्स्टलुक सार्वजनिक, यस्ता देखिए विराज भट्टका छोरा समीर

नेपालभ्युज

फिल्म ‘१२ गाउँ’को फर्स्टलुक सार्वजनिक, यस्ता देखिए विराज भट्टका छोरा समीर

काठमाडौं । अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भइरहेको एक्सन थ्रिलर फिल्म ‘१२ गाउँ’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
आइतबार सार्वजनिक पोस्टरमा विराजका छोरा समीर भट्ट एक्सन अवतारमा प्रस्तुत छन् ।

आगामी दशैंंलाई रिलिज मिति तोकिएको यो फिल्मबाट समीरले डेब्यु गर्दैछन् । उनले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएका थिए ।

विराजले ‘१२ गाउँ’मार्फत् नेपाली फिल्मको इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी गरेको बताएका छन् । यसले नेपाली फिल्मको एक्सनलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विश्वास समेत निर्देशक तथा अभिनेता भट्टको छ । अबको १० दिनमा फिल्मको छायांकन सकिने जनाइएको छ ।

फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन् । फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved