भ्रष्टाचार बढ्यो, राजदूत नियुक्तिमा समेत रकम लेनदेन भयो : उपेन्द्र यादव

नेपालभ्युज

भ्रष्टाचार बढ्यो, राजदूत नियुक्तिमा समेत रकम लेनदेन भयो : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हरेक निकायमा भ्रष्टाचार बढेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् ।

एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष यादवले हरेक नियुक्तिमा रकम लेनदेन हुने गरेको दाबी समेत गरे । हालै भएको राजदूत नियुक्तिमा पनि रकम लेनदेन भएको उनले आरोप लगाए ।

मञ्चमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देखाउँदै यादवले भने, ‘कतिपय राजदूतका रुपमा मेनपावर व्यवसायी समेत गए भनेर सुनिएको छ । यस्तो तरिकाले संसारमा मुलुकको साख कसरी बच्छ ?’

उनले हरेक निकाय भ्रष्टाचारमा डुबेको आरोप लगाउँदै विगतमा लोकतन्त्र बाहिरि शक्तिबाट खतरामा रहे पनि अहिले आफूहरुकै कारण यो खतरामा परेको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved