प्रचण्ड, देउवा र माधवको अगाडि रविले भने- लोकतन्त्रमा खतरा छैन, भयो भने जनताले जोगाउँछन्

नेपालभ्युज

प्रचण्ड, देउवा र माधवको अगाडि रविले भने- लोकतन्त्रमा खतरा छैन, भयो भने जनताले जोगाउँछन्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रमा खतरा नभएको र भएमा जनताले जोगाइदिने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) को दशौँ राष्ट्रिय महाधिवेशनमा शुभकामना दिन कमलादीस्थित प्रज्ञा भवनमा गएका उनले नेताहरूले भाषणमा लोकतन्त्रमा खतरा भन्ने गरेको प्रति आपत्ति जनाए ।

उनले भने, ‘‘ हामी सबैको भाषणमा जनताको चिन्ता छ, तर व्यवहारमा कसैको चिन्ता छैन । हामी आफ्नै लागि एक ठाउँमा उभिएका छौँ । जनताको मुद्दाको लागि हामी कहिल्यै एक ठाउँमा उभिएका छौँ ? लोकतन्त्र खतरामा छैन । यदि भए जोगाइदिने जनता छन् । ’’

लोकतन्त्र खतरा भए नेताहरूबाटै भएको रविको दाबी छ । लोकतन्त्रमा खतरा भएको हो भने, कहाँकहाँ खतरा भएको हो लिपिबद्ध गर्नुपर्ने र सबैदलहरू मिलेर छलफल गर्नुपर्ने उनको तर्क छ ।

उनले भने, ‘‘अस्पतालमा जनता सेवा नपाएको बेलामा हामीले कहिले बसेर बैठक बसेका छौँ ? विश्वविद्यालय खोल्ने विषयमा कहिल्यै चिन्ता गरेर बैठक बोलाएका छौँ ? एसइईमा ५० प्रतिशत पास भएनन् । यो शिक्षाको संकटको विषयमा हामीले कहिल्यै बैठक बसेर छलफल गरेका छौँ ? भोलि बोलाउनुस् ? तर हामी भन्छौँ, लोकतन्त्रमा खतरा छ । यदि खतरा भए जनताले जोगाउँछन्, चिन्ता तपाईँको होइन । कहाँ कहाँ खतरा भएको हो, त्यहाँ त्यहाँ लिपिबद्ध गरौँ र सहमति गरौँ ।’’

महाधिवेशनमा समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेता पनि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved