दोहोरो अंकले घट्यो सेयर बजार 

नेपालभ्युज

दोहोरो अंकले घट्यो सेयर बजार 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८३ अंकले घटेर २०३७ दशमलव ०९ को विन्दुमा पुगेको छ ।

आइतबार ३२० कम्पनीका ५० हजार ९ सय ५२ पटकको कारोबारमा ९१ लाख ७८ हजार ८ सय ९५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ३ अर्ब ६० करोड ७१ लख ९८ हजार ४०७ रुपैयाँ रहेको छ ।

आज सेन्सेटिभ इन्डेक्स २ दशमलव ४२ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ०६ अंकले घटेको छ । सेन्सेटिभ फ्लोट इन्डेक्स भने ० दशमलव ९७ अंकले घटेको छ ।

१३ उपसमूहमध्ये ११ वटा घटेको छ भने निर्माण कम्पनी र फाइनान्स कम्पनी सामान्य बढेको छ । आइतबार नेपाल फाइनान्स लिमिटेडको कारोबार सर्वाधिक भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved