‘सुखी नेपाली समृद्ध नेपाल’को नारा मैले बनाएको हो, अब त्यसलाई साकार पार्न प्रतिस्पर्धा गरौं : झलनाथ खनाल

नेपालभ्युज

‘सुखी नेपाली समृद्ध नेपाल’को नारा मैले बनाएको हो, अब त्यसलाई साकार पार्न प्रतिस्पर्धा गरौं : झलनाथ खनाल

काठमाडौं। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मुलुकलाई समृद्धितर्फ लैजान दलहरुबीच प्रतिस्पर्धा गर्न आव्हान गरेका छन् ।

पार्टीको महाधिवेशनमा सम्बोधन गर्दै नेता खनालले मुलुकमा धेरै समस्या रहेको भन्दै त्यसको समाधानका लागि प्रतिस्पर्धा र सहकार्य पनि सँगसँगै गर्नुपर्ने बताए ।

उनले ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा नवौं महाधिवेशनमा आफूले तयार पारेको दाबी पनि गरे । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै खनालले भने, ‘सुखी नेपाली समृद्ध नेपाल’ भनेर मैले नवौं महाधिवेशनमा नारा क्वाइन गरेको थिएँ, अहिले अरु पार्टीले पनि त्यसकै गीत गाउन थालेका छन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved