प्रतिक्रियावादीले केही भएको छैन भन्ने भाष्य तयार पारे, वाम एकताका लागि पहल गर्नु पर्यो : प्रचण्ड

नेपालभ्युज

प्रतिक्रियावादीले केही भएको छैन भन्ने भाष्य तयार पारे, वाम एकताका लागि पहल गर्नु पर्यो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी शक्तिबीच एकता हुनुपर्ने बताएका छन् ।

एकीकृत समाजवादीको महाधिवेशनमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले प्रतिक्रियावादी शक्तिले मुलुकमा केही पनि भएको छैन भन्ने भाष्य तयार पारिरहेको भन्दै त्यसका विरुद्ध लाग्नुपर्ने बताए ।

उनले यो महाधिवेशनले वामपन्थी शक्तिबीच एकताका लागि पहल गर्ने विश्वास पनि व्यक्त गरे । प्रचण्डले समग्र समाजवादी क्रान्तिको दिशाकै बारेमा संस्लेषण गर्नुपर्ने आवस्यकता रहेको समेत औंल्याए ।

उनले सोही अनुसारको संगठन निर्माण गरेर कम्युनिष्ट एकताका लागि पहल गर्न आव्हान पनि गरे । उनले भने, ‘समाजवादी मोर्चामा हामी एकै ठाउँमा छौं । अब मोर्चा हुँदै वाम एकता गर्नेमा पनि हाम्रो धारणा मिल्छ । महाधिवेशनले त्यसबारे ठोस निर्णय गरोस ।’

आफूलाई अस्थीर भनेकोमा प्रचण्डले दुखेसो गरे । उनले भने, ‘म अस्थीर नभएको भए मुलुकमा जनयुद्ध हुन्थ्यो ? म अस्थीर नभएको भए मुलकमा शान्ति कायम हुन्थ्यो ? अहिलेको यो अवस्थासम्म पुग्थ्यौं ? त्यसैले म अस्थीर हैन गतिशील हुँ ।’

एकीकृत समाजवादीको महाधिवेशनमा पेश गरिने दस्तावेजमा आफूलाई अस्थीर भनेर चित्रण गरिएकोमा प्रचण्डले जवाफ दिएका हुन् ।

लगत्तै कार्यक्रम संचालन गरिरहेका महासचिव घनश्याम भुसालले आफूहरुले दस्तावेजमा अस्थीर मात्रै नभनेको बरु माओवादी र उसको आन्दोलनको प्रसंशा समेत गरेको प्रष्टिकरण दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved