रवि लामिछानेको स्वीकारोक्ति-‘धेरै बोलेर पीडित भएको छु, ठूलाकुरा गर्न नहुने रहेछ’

म बढी बातले अलिकति पीडित भएकोले बढी बात घटाउनुपर्ने भएको छ मैले । त्यो अनुभवले सिकाउने कुरा हो ।

नेपालभ्युज

रवि लामिछानेको स्वीकारोक्ति-‘धेरै बोलेर पीडित भएको छु, ठूलाकुरा गर्न नहुने रहेछ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफू धेरै बोलेर पीडित हुनुपरेको स्वीकार गरेका छन् ।

आइतबार नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पछि जन्मिएकाले धेरै कुरा गर्न नहुने बताए ।

सम्बोधनको सुरुमै लोकतन्त्र, मुलुकको संविधान र मुलुकको व्यवस्था परिवर्तनका लागि खटिएका नेताहरूलाई सम्मान गरे ।

लगत्तै, उनले आफ्नो पार्टी कान्छो भएकाले धेरै कुरा गर्नु राम्रो नहुने कुरा अनुभवले सिकाएको बताए ।

‘‘ पछि जन्मिएकोले धेरै ठूलो कुरा गर्न हुँदैन । कान्छो कान्छो पार्टी भएकाले दिग्गज दिग्गज व्यक्तिहरूको बीचमा बोल्नु भनेको छोटी मुख बात भनेजस्तो हुन्छ ।’’

उनले आफू धेरै बात गरेको कारणले पीडामा परेको उल्लेख गर्दै त्यसलाई घटाउनुपर्ने भएको पनि बताए ।

‘‘म बढी बातले अलिकति पीडित भएकोले बढी बात घटाउनुपर्ने भएको छ मैले । त्यो अनुभवले सिकाउने कुरा हो,’’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved