सरकारी गाडीले लेन मिचेको भिडिओ भाइरल भएपछि कारबाही

नेपालभ्युज

सरकारी गाडीले लेन मिचेको भिडिओ भाइरल भएपछि कारबाही

काठमाडौं । लेन मिच्ने सरकारी गाडीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । रिङरोड क्षेत्रमा बिहान एक सरकारी गाडीले लेन मिचेको भिडिओ भाइरल भएपछि कारबाही गरेको हो ।

ट्राफिक प्रहरी कार्यालयले भनेको छ, ‘‘सामाजिक सञ्जालमा सरकारी गाडीले सवारी नियम उलंघन गरी सवारी चलाएको विषयमा विभिन्न प्रतिक्रिया र गुनासो गरेको पाइएकोमा उक्त सवारी साधन र चालकलाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खोजतलास र अनुसन्धान गरी उक्त सवारी साधनलाई फेला पारी सो सवारीका चालकलाई लेन अनुशासन विपरीत सवारी चलाएको कसुरमा कारबाही गरिएको ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved