एमालेबाट विद्रोह नगरेको भए पहिले नै समाप्त हुने थियौँ : माधव नेपाल

नेपालभ्युज

एमालेबाट विद्रोह नगरेको भए पहिले नै समाप्त हुने थियौँ : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट गरेको विद्रोह पटक-पटक पुष्टि भएको बताएका छन् ।

पार्टीको महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले त्यसबेला विद्रोह नगरेको भए आफूहरु पहिले नै समाप्त हुने अवस्था रहेको बताए ।  ‘एमालेबाट हामीले गरेको विद्रोह संसद पुनर्स्थापना र त्यसपछि पटक-पटक प्रमाणित भएको छ ।’ उनले भने, ‘त्यसबेला विद्रोह नगरेको भए हामी सबै समाप्त हुने थियौँ । या त राजनीतिबाट पलायन हुनु पर्ने थियो या त आत्मसमर्पण गर्नु पर्ने थियो ।’

अध्यक्ष नेपालले महाधिवेशनमा शुभकामना दिन नआएकोमा एमालेप्रति व्यङ्ग पनि गरे । उनले आफूले पनि पटक-पटक एमाले नेताहरुलाई फोन गरेको बताए । तर, अझै एमालेको घाउ नपुरिएको भन्दै उनले व्यङ्ग गरे ।

वामपन्थी एकताका लागि आफूहरु वाधक नभएको भन्दै उनले यसका लागि शीर्ष तहका नेताले नै पहल गर्नुपर्ने बताए ।

पार्टी बलियो नबनाएसम्म कसैले पनि नपुछ्ने भन्दै नेपालले संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आव्हान गरे । उनले देशमा भ्रष्टाचार चरम भएको भन्दै सरकारको आलोचना पनि गरे ।

‘बिना पैसा केही काम हुँदैन, सबै ठाउँमा भ्रष्टाचार छ, नीतिगत रुपमै सेटिङ मिलाएर पनि यहाँ अनियमितता हुने गरेको छ ।’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved