सुरेश खड्कासँग बिहे हुनुअघि मधुको अर्को पनि बिहे, किन लुकाएकी थिइन् ?

उनले गोप्य राखेको फोटोका कारण कतिपय फ्यानहरूले उनीमाथि नै शंका गर्न थालेका छन् । उनले जवाफ दिएकी छिन्, ‘मेरो लाइफ हो, मैले डिर्भाेस गरेर १० वटा बिहे गरौँ कि २० वटा गरौँ मेरो इच्छा हो ।’

नेपालभ्युज

सुरेश खड्कासँग बिहे हुनुअघि मधुको अर्को पनि बिहे, किन लुकाएकी थिइन् ?
फोटो- सामाजिक सञ्जालबाट

काठमाडौं । गायिका मधु क्षेत्रीले पति सुरेश खड्काले आफूमाथि हिँसा गरेको बताउँदै सामाजिक सञ्जालमा बताएपछि केहीले उनले गोप्य राखेको अर्को बिहेको फोटो सार्वजनिक गरिदिएका छन् ।

कतिपय फ्यानले सामाजिक सञ्जालमा उनीप्रति सहानुभूति देखाउँदै गर्दा उनले गोप्य राखेको फोटोका कारण कतिपय फ्यानहरूले उनीमाथि नै शंका गर्न थालेका छन् ।

२ साताअघि सामाजिक प्लेटफर्म टिकटकमार्फत् उनले पति र परिवारबाट पीडित भएको खुलासा गरेकी थिइन् । ६ महिनाअघि मात्रै पहिलो बिहेलाई टुङ्ग्याएर दोस्रो सम्बन्ध अघि बढाउँदै अस्ट्रेलिया पुगेकी मधुले त्यहाँ पनि घरेलु हिंसा भोग्न बाध्य भएको खुलासा गरेकी थिइन् ।

त्यसपछि उनका पति सुरेश खड्काप्रति फ्यानहरू खनिए । यही मेसोमा उनको अर्को बिहेको फोटो भाइरल भयो, जसले उनका फ्यानहरूलाई चकित बनायो । जसमा अर्को एक दुलाहासँग मधु दुलहीको रुपमा देखिएकी छिन् ।

तर, उनले त्यो बिहे कानुनी रुपमा मात्र गरेको दाबी गरेकी छिन् । जापान जानको लागि आफूले कानुनी बिहे गरेको भन्दै मधुले प्रतिरक्षा गरिरहेकी छिन् ।

केही दिनअघि टिकट लाइभमा आएर उनले भनिन्, ‘‘मेरो लाइफ हो, मैले डिर्भाेस गरेर १०वटा बिहे गरौँ कि २० वटा गरौँ मेरो इच्छा हो । सबै कुरा बाहिर ल्याएर तँहरूलाई भन्न जरुरी छैन । कति कुराहरू कानुनको दायरामा बसेर बाहिर नल्याउने हुन्छ । कसैको जीवनमा धक्का पुग्न सक्छ । मैले यो कुरा सुरेशजीलाई पहिल्यै भनिसकेको थिएँ ।’’उनले गोप्य राखेको फोटोका कारण कतिपय फ्यानहरूले उनीमाथि नै शंका गर्न थालेका छन् । उनले जवाफ दिएकी छिन्, ‘मेरो लाइफ हो, मैले डिर्भाेस गरेर १० वटा बिहे गरौँ कि २० वटा गरौँ मेरो इच्छा हो ।’

‘सोचेझैँ जिन्दगी रैनछ’ गायिकाले अस्ट्रेलियामा भोग्दैछिन् घरेलु हिंसा, गर्भवती अवस्थामै दोस्रो बिहे पनि धरापमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved