‘बाइडनले निर्वाचन दौड परित्याग गर्नु देशका लागि हितकर हुन्छ’

उनले अमेरिकी जनता सामु यो राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारीको दौड जारी राख्न सक्दैनन् भनेर घोषणा गर्नु पर्दछ । यो नै डेमोक्रेटिक पार्टीले झुटो परिभाषित गरेको उम्मेदवारलाई हराउने एक मात्र बाटो हो र अमेरिकी जनताप्रतिको सत्यनिष्ठाको व्यवहार पनि यही हो।

नेपालभ्युज

‘बाइडनले निर्वाचन दौड परित्याग गर्नु देशका लागि हितकर हुन्छ’

राष्ट्रपति बाइडन नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावलाई बारम्बार र ठीकै ढंगले अमेरिकी लोकतन्त्रको भविष्यभन्दा कम महत्त्वपूर्ण नभएको व्याख्या गर्दैछन् ।

डोनाल्ड ट्रम्पले भने आफूलाई लोकतन्त्रमाथिको एक महत्त्वपूर्ण जोखिम सावित गरेका छन् । उनमा एक पथभ्रष्ट र स्वार्थी व्यक्तित्व छ, जो जनताको विश्वासका लागि अयोग्य छ ।

उनी निर्वाचनको निष्पक्षतालाई खलल पुर्‍याउने योजनाबद्ध प्रयास गर्दछन् । उनका समर्थक खुलेआम यो भन्छन् कि सन् २०२५ को एजेण्डा ट्रम्पका प्रतिबद्धता र धम्कीलाई चरमोत्कर्षमा पुर्‍याउन र पूरा गर्न शक्ति दिनु हो । यदि यसपटक राष्ट्रपति पदमा आए भने उनले अमेरिकी राजनीतिक प्रणालीमा निर्मित शक्तिको सन्तुलनभन्दा बाहिर अर्कै प्रकारको राष्ट्रपति हुने बाचा गरेका छन् ।

बाइडन यो ठान्दछन् कि यस्तो आतंकको जोखिमलाई पराजित गर्ने अवसरका लागि उनी सबैभन्दा राम्रा उम्मेदवार हुन् । उनको तर्क धेरै हदसम्म यसमा आधारित हुन्छ कि उनले सन् २०२० मा ट्रम्पलाई पराजित गरेर जोखिम र धम्कीलाई पराजित गरेका थिए । तर, बाइडन यसपटक डेमोक्र्याटिक उम्मेदवार हुन यो पर्याप्त तर्क हैन ।

बिहीबारको बहसमा राष्ट्रपति बाइडनले अमेरिकी जनतालाई यो आश्वस्त पार्नु आवश्यक थियो कि उनी अर्को एक कार्यकालका लागि राष्ट्रपति बन्न चाहनुको अर्थ भयंकर जोखिमलाई निरस्त गर्न सक्नु हो । तर, मतदाताले सिधै देखिने यो तथ्य बेवास्ता गर्ने आशा गर्न सकिँदैन कि अब बाइडन ४ वर्षअघिका जस्ता रहेनन् ।

बिहीबार रातिको बहसमा बाइडन ‘महान् जनसेवक’ को छायाँजस्तो देखापरेका थिए । उनले दोस्रो कार्यकालमा हासिल गर्न खोजेका कुराको व्याख्या गर्ने कष्ट गरे । उनले ट्रम्पका उत्तेजनाहरूको जवाफ दिन संघर्ष गरे । उनले ट्रम्पलाई झुट, असफलता र सिल्ली योजनाका लागि जिम्मेवार ठहर्‍याउन संघर्ष गरे ।

बाइडन एक प्रशंसनीय राष्ट्रपति भएका छन् । उनको नेतृत्वमा राष्ट्र थप समृद्ध भएको छ । दीर्घकालीन चुनौतीको दयारालाई सम्बोधन गर्न थालेको छ । ट्रम्पले कोट्याएका घाउ निको हुन थालेका छन् ।

अब बाइडनले गर्न सक्ने सबैभन्दा महान जनसेवा भनेको पुन: निर्वाचनका लागि उम्मेदवारी नदिने घोषणा गर्नु हो ।

अहिले बाइडन जसरी उभिएका छन्, उनी एक लापरवाहीपूर्ण जुवाको खेलमा संलग्न भएका छन् । यहाँ थुप्रै त्यस्ता डेमोक्र्याटिक नेताहरू छन, जो ट्रम्पको दोस्रो कार्यकालको दाबी सामु विकल्प प्रस्तुत गर्न स्पष्ट, आकर्षक, ऊर्जावान् र राम्रोसँग सुसज्जित छन् ।

पार्टीले मतदातालाई ट्रम्प र बाइडनका कमजोरीमध्ये कुनै एक छनोट गर्न बाध्य बनाएर देशको स्थायित्व र सुरक्षालाई जोखिममा पर्नुपर्ने कुनै कारण छैन । अमेरिकी मतदाताले आफ्नै आँखाले देखेका बाइडनको उमेर र कमजोरीलाई बेवास्ता गर्ने छन् वा छुट दिने छन् भनेर आशा गर्नु धेरै ठूलो शर्त हो ।

दौडमा बाइडन र ट्रम्पमध्ये कुनै एकलाई छनोट गर्नु पर्दा हाम्रो स्पष्ट छनोट बहालवाला राष्ट्रपति हुनेछन् । थाहा छैन, यसले ट्रम्पलाई कतिको ठूलो जोखिम सृजना गर्दछ । तर, योभन्दा ठूलो जोखिम देशका लागि दाउ हान्नु हो ।

अमेरिकी जनताको आँखाबाट हेर्दा रिपब्लिकन प्रतिद्वन्द्वीको सामना गर्न बाइडनको क्षमता असमान छ । ट्रम्पका सामु डेमोक्र्याटिक पार्टीले बलियो प्रतिद्वन्द्वी खडा गर्न सक्नु पर्दछ ।

यो अभियानको क्रममा नयाँ डेमोक्रेटिक उम्मेदवार खोजी गर्न ढिलो गर्नु भनेको एक प्रकारको हल्का निर्णय हो । यसले देशका मूल्यमान्यता र संस्थाप्रति ट्रम्पले सृजना गर्ने चुनौतीको मापन गर्ने गम्भीरताको अभाव देखाउँछ । ट्रम्पसँग प्रतिस्पर्धा गर्न बाइडनमा अपर्याप्तता छन् भन्ने बुझ्न पर्दछ ।

आफ्नो उम्मेदवारी अन्त्यको घोषणा गर्नु बाइडनको व्यक्तिगत तथा राजनीतिक प्रवृत्तिविरुद्ध हुनेछ । उनले विगतमा पनि थुप्रै त्रासदी र व्यावधानका बीचमा आफूलाई माथि उठाएका हुन् । उनी यो कुरामा स्पष्ट विश्वास गर्दछन् कि उनी फेरि एकपटक त्यसो गर्न सक्नेछन् ।

राष्ट्रपतिका समर्थकले बिहीबारको बहसलाई तीन वर्षको उपलब्धिका तथ्यसँग तुलना गर्दै बुँदागत व्याख्या गरिरहेका छन् । पक्कै, राष्ट्रपतिका कार्यसम्पादनलाई न त नराम्रा रात भन्न सकिन्छ, न त चिसा दिनसँग तुलना गर्न मिल्दछ । किनकि यसले वर्षौं वा महिनौं लामा चिन्ताहरूलाई सम्पुष्टि गर्दछ ।

बाइडनले आफ्ना नीतिगत प्रस्तावअघि सार्दा पनि धेरै ठाउँ ठोक्किनुपर्‍यो । यसलाई अन्य सार्वर्जनिक उपस्थितिबाट तौलिन मिल्दैन । किनकि उनले आफ्ना सार्वजनिक उपस्थितिलाई सीमित र सावधानीपूर्वक नियन्त्रण गरेका थिए ।

यो स्मरणीय कुरा हो कि बाइडनले ट्रम्पसँग राम्रै मौखिक मल्ल–युद्ध लडेका छन् । उनले यसका लागि नियम निर्धारण गरे । अघिल्ला चुनावमा भन्दा यसपटक महिनौं अगाडि यो बहस भयो । उनले यो बुझे कि उनको मानसिक तीव्रताबारे लामो समयदेखि उठेका सार्वजनिक चिन्ता छिट्टै सम्बोधन गर्न आवश्यक छ । तसर्थ, उनले यो काम सकेसम्म चाँडो गर्न आवश्यक छ ।

अब यो सत्य बाइडनले सामना गर्न आवश्यक छ कि उनी आफ्नै परीक्षणमा आफैँ असफल भएका छन् ।

सर्वेक्षण र अन्तर्वार्ताहरूले देखाउँछ– मतदाताले ट्रम्पलाई नयाँ विकल्प र ताजा आवाजका रूपमा ग्रहण गर्न खोजिरहेका छन् । बाइडन र समर्थकका लागि यो सान्त्वनाको विषय हुन सक्दछ कि उम्मेदवारले पक्षमा जुलुस गर्ने समय अझै बाँकी छ ।

अमेरिकीहरू बहुवर्षीय राष्ट्रपतीय चुनावको लामो चालढालबाट आकारित छन् । धेरै जसो लोकतन्त्रमा चुनावी अभियान केही महिना अघि मात्र मञ्चन गरिन्छन् ।

बिहीबारको बहसपछि रिपब्लिकनहरू पनि आफ्नै आत्मनिरीक्षणतिर गहिरो गरी लागेका छैनन् भने त्यो एक त्रासदी हो । ट्रम्पले आफैँले आफ्नो कार्यसम्पादनलाई अयोग्य ठहर्याए । उनले आफ्नै कार्य, आफ्नो राष्ट्रपतीय कार्यकालको कार्यसम्पादन र प्रतिद्वन्द्वीहरूको बारेमा बारम्बार र निलज्ज झुट बोले ।

उनले अमेरिकी अर्थतन्त्रलाई हानि पुर्‍याउने, नागरिक स्वतन्त्रतालाई कमजोर पार्ने, अन्य देशसँगको सम्बन्धलाई बिगार्ने योजना सुनाए । उनले यसपटक पनि चुनावी हार भए स्वीकार गर्ने प्रतिवद्धता गर्न अस्वीकार गरे । बरु संसद् भवनमा जनवरी ६ को जस्तो आक्रमण गर्ने बयानबाजीमा फर्किए ।

रिपब्लिकन पार्टी यतिखेर ट्रम्पको आकांक्षासँग सहवरण भएको छ। राष्ट्रको हितलाई कुनै एक व्यक्तिको महत्वाकाङ्क्षाभन्दा माथि राख्ने कार्यभार डेमोक्रेटिक पार्टीको काँधमा छ ।

बाइडनसँग विमति राख्ने डेमोक्र्याट्स नेताहरूले अब यो सत्य बोल्न साहस गर्नु पर्ने बेला आएको छ । बाइडनको उम्मेदवारीलाई प्रोत्साहन र सहयोग गरिरहेकाहरूले पनि सार्वजनिक क्षति र त्यसलाई सुधार गर्न सकिने सम्भावनालाई बुझ्नपर्दछ ।

बिहीबारको बहसमा बाइडनले यो प्रष्ट जवाफ दिए कि ट्रम्पको दोस्रो कार्यकालको जोखिम निकै ठूलो छ । यस्तो जवाफ उनका समर्थकले पनि अपेक्षा गरेका थिएनन् । तर, उनले भनेजस्तै यो जोखिम निक्कै ठूलो हो भने, हामी उनीसँग यस कुरामा सहमत छौं, त्यसो भए उनको देश र पार्टीप्रतिको समर्पणबाट एक मात्र विकल्प बाँकी छोड्न सक्दछन् ।

त्यो हो, उनले अमेरिकी जनता सामु यो राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारीको दौड जारी राख्न सक्दैनन् भनेर घोषणा गर्नु पर्दछ । यो नै डेमोक्रेटिक पार्टीले झुटो परिभाषित गरेको उम्मेदवारलाई हराउने एक मात्र बाटो हो र अमेरिकी जनताप्रतिको सत्यनिष्ठाको व्यवहार पनि यही हो।

बाइडनले नोभेम्बरको चुनावमा ट्रम्पलाई पराजित गर्न उनको स्थानमा उभिन सक्ने सक्षम व्यक्तिको चयन प्रक्रिया सृजना गर्नु पर्दछ । यो राष्ट्रको आत्माको रक्षा गर्ने सबैभन्दा उत्तम मौका हो ।

सन् २०१९ मा राष्ट्रपति बाइडनलाई उम्मेद्वार हुन आकर्षित गर्ने मुख्य कारण ट्रम्पको खराब लडाइँ थियो । आज त्यो अवसर उनीसँग छैन । बाइडनले यो देशको धेरै लामो समयदेखि महान सेवा गरेका छन् । अब उनले एकपटक फेरि देशको सेवा गर्नु आवश्यक छ– त्यो सेवा उम्मेदवारीको दौड छोड्नु हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved