सुनको बाला र औँठीसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

नेपालभ्युज

सुनको बाला र औँठीसहित विमानस्थलबाट भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट सुनसहित एक जना भारतीय महिला पक्राउ परेकी छिन् ।

बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला शनिबार पक्राउ परेकी हुन् ।

उनीबाट बाला र औँठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ ।

उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved