विदेशबाट फर्किएका युवालाई देशमै रोक्ने प्रयास गरिरहेका छौँ : मन्त्री अर्याल

नेपालभ्युज

विदेशबाट फर्किएका युवालाई देशमै रोक्ने प्रयास गरिरहेका छौँ : मन्त्री अर्याल

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले सरकारले विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेको बताएका छन् ।

आइतबार सिंहदरबारस्थित मन्त्रालयमा विदेशबाट फर्किएर स्वदेशमा नै व्यवसाय गर्ने उद्यमीहरूलाई सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले रोजगारी सिर्जना र श्रमको खोजी गर्ने नागरिकहरूलाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्न विभिन्न कार्यक्रममार्फत काम गरिरहेको बताए ।

इजरायलबाट फर्किएर नेपालमा व्यवसाय गर्नेहरुले विदेशमा बसिरहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्कने वातावरण र फर्किएपछि मुलुकभित्रै केही गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण सन्देश दिएको उनको भनाई छ ।

‘सरकारले विदेशबाट फर्केका नेपाली नागरिक फेरि विदेश फर्कनुनपर्ने गरी योजना बनाइरहेको छ ।’ उनले भने । सरकारले इजरायलबाट फर्किएर मुलुकको विभिन्न ठाउँमा उद्यम गर्ने ८ जनालाई सम्मान गरेको छ । —न्युज एजेन्सी नेपाल


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved