ग्लोबल आइएमईको २३३ शाखाले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम, ३५ हजार बढीको सहभागिता 

नेपालभ्युज

ग्लोबल आइएमईको २३३ शाखाले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम, ३५ हजार बढीको सहभागिता 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

बैंकले सात वटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।

बैंकको कोशी प्रदेशमा आयोजना गरेको कार्यक्रममा ३,५००, मधेशमा २,२००, बागमतीमा १५,०००, गण्डकीमा ५,५००, लुम्बिनीमा ६,०००, कर्णालीमा ५०० र सुदूरपश्चिममा २,५०० भन्दा बढी लक्षित वर्गको सहभागिता रहेको थियो ।

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंंकिङ बीमा, लगानी, अतिरिक्त बैंंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved