मकवानपुरमा रास्वपाका जिल्ला सचिवसहित आधा दर्जनले छाडे पार्टी

नेपालभ्युज

मकवानपुरमा रास्वपाका जिल्ला सचिवसहित आधा दर्जनले छाडे पार्टी

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मकवानपुर जिल्ला सचिवालय सचिव भुवन खनालसहित ६ जनाले पार्टी त्यागेका छन् ।

आइतबार ६ जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी सत्तालिप्सा र भागबन्डामा केन्द्रित भएकाले आफूहरूले साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट अलग भएको घोषणा गरेका हुन् ।

सचिवसहित मकवानपुर क्षेत्र नं १ का उपसभापति जगदीश दाहाल, हैटौंडा उपमहानगर समिति सदस्य टंकबहादुर हिम्डुङले पार्टी त्यागेका छन् ।

त्यस्तै, हटौंडा वडा नं १२ का उपसभापति निर्मला प्रजा बास्तोलाका साथै सिंगो वडा कमिटी, १७ का उपसभापति विकास श्रेष्ठ र सचिव श्यामसुन्दर राईले पनि पार्टी त्यागेको बताएका छन् ।

‘देशको उपप्रधान तथा गृहमन्त्रीसमेत रहनुभएका पार्टी सभापति रवि लामिछानेज्यूले आफू सञ्चार कर्ममा हुँदा राजनीतिज्ञलाई, आफू राजनीतिमा आएपछि सञ्चार क्षेत्रलाई, प्रतिपक्षमा हुँदा सरकारलाई र सरकारमा हुँदा प्रतिपक्षलाई गाली गर्नेबाहेक केही गर्न सक्नुभएन, उहाँको बोली र काममा ठुलै अन्तर देखिएको प्रस्ट छ । कार्यकर्ता, जनतालाई झुक्याउने र भ्रमको खेती गर्न पार्टी केन्द्रीय नेतृत्व माहिर रहेको कुरामा दुई मत भएन ।’ विज्ञप्तिमा लेखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved