रवीन्द्र जडेजाले पनि लिए टी-२० अन्तराष्ट्रियबाट सन्यास

नेपालभ्युज

रवीन्द्र जडेजाले पनि लिए टी-२० अन्तराष्ट्रियबाट सन्यास

काठमाडौं । भारतको विश्वकप विजेता टिममा रहेका अलराउन्डर रवीन्द्र जडेजाले पनि टी-२० अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।

यसअघि कप्तान रोहित शर्मा र अर्का स्टार खेलाडी विराट कोहलीले सन्यास लिएका थिए । आइतबार जडेजाले टी-२० अन्तराष्ट्रियबाट विदा लिएको बताएका हुन् ।

रवीन्द्र जडेजाले टी-२० अन्तराष्ट्रियमा ७४ खेलमा सहभागिता जनाएका छन् । त्यसमा उनले ५१५ रन बनाउनुका साथै ५४ विकेट लिएका छन् ।

शनिबार राति भारतले दक्षिण अफ्रिकालाई हराउँदै विश्वकपको उपाधि जितेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved